काठमाडौं–सिन्धुली रूटमा अहिलेसम्म करिब ९ वटा विद्युतीय माइक्रो गुड्न थालेका छन्। सुन्दर यातायातले पनि १९ सिटका दुई माइक्रो डेढ महिनादेखि सञ्चालनमा ल्याएको छ।
‘यो रूटमा दुई ठाउँमा चार्जिङ स्टेसन छ। हामी अहिलेसम्म त्यहीँको स्टेसन प्रयोग गरिरहेका छौँ। अब छिट्टै हामी आफैं पनि स्टेसन राख्ने तयार गर्दै छौं,’ थापाले सेतोपाटीसँग भने, ‘आम्दानी राम्रो देखिएपछि चालकहरूले पनि व्यक्तिगत माइक्रो सञ्चालनमा ल्याइरहेका छन्।’
adobe audition crack |
adobe illustrator cs5 download crackeado |
adobe media encoder 2020 crack |
adobe premiere pro download crack |
adobe premiere pro download |
adobe reader crack 2020 |
सुन्दर यातायातले विस्तारै अन्य रूटमा समेत विद्युतीय माइक्रो थप्ने थापाले जानकारी दिए।
बिजुली माइक्रो बिक्री गर्दै आएको कम्पनी दीगो ग्रुपले पछिल्लो समय माग बढ्दै गएको जनाएको छ। काठमाडौं-सिन्धुली रूटमा चार्जिङ स्टेसन राखिदिएका कारण त्यो रूटमा आकर्षण बढेको दिगो ग्रुपका प्रोडक्ट इन्चार्ज तफसिर मिकरानीले बताए।
उनका अनुसार मुलकोट, रामटारमा ३० किलोवाट क्षमताको चार्जिङ स्टेसन छ। सिन्धुली बजारमा २० किलोवाटको स्टेसन राखिएको छ। यो स्टेसनको क्षमता बढाउने योजना छ।
छिट्टै न बर्दिबासमा पनि फास्ट चार्जिङ स्टेसन राख्ने कम्पनीको तयारी छ। काठमाडौं-पोखरा तथा हेटौंडा रूटमा समेत चार्जिङ स्टेसन जडान गरिने उनले जानकारी दिए। ती रूटमा पनि ३० किलोवाट क्षमताको फास्ट चार्जिङ स्टेसन राखिनेछ।
विस्तारै दोलखा, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर लगायत स्थानमा पनि चार्जिङ स्टेसन स्थापना गर्ने कम्पनीको योजना छ।
चार्जिङ स्टेसनको वृद्धिपछि विद्युतीय सवारीप्रति आकर्षण अझ बढ्ने कम्पनीको अपेक्षा छ।